काठमाडौँ- सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो।
सरकार प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै यस्तो बताएकी हुन्।
उनका अनुसार जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ।
विश्वव्यापी साझेदारी संस्थाबाट शिक्षा क्षेत्रमा खर्च गर्नका लागि करिब २ करोड अमेरिकी डलर (अढाई अर्ब) सहयोग लिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
