काठमाडौं-थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित भएका छन्।
नेविसंघबाट उम्मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएको क्याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापति निर्वाचित भएका हुन्।
उनले मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको बताए।


