काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नभएको बताएका छन्।
पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पूर्वराजा शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका हुन्।
‘राप्रपाले पार्टी सभापति बनाए हुन्छ,’ देउवाले थपे,’ पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो न ! तर, त्यो पार्टीमा लाग्नेले धेरै दुःख पाउँछन्। राप्रपाले पनि दु:ख पाउँछ। उनी राजा बन्न लायक छैनन्।’
उनले मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए।


