काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
संक्रमणकालीन न्यायको विषयमा छलफलका लागि उनीहरू जुटेको प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए।
यसअघि प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।
अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ।


