काठमाडौँ- काठमाडौँमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ।
विभिन्न ठाउँबाट र्यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको थियो।
सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गरेका छन्।
सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।


