काठमाडौँ- कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी नियन्त्रणमा लिन कठिन भएको छ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा भएको आगजनी नियन्त्रणमा लिन कठिन भएको हो।
कम्पनीद्ये ‘सञ्चो’लगायतका औषधि उत्पादन गर्दै आएको छ।
स्टोरमा प्राय: गरी प्रज्जवनशील पदार्थहरू रहेकाले विस्फोट हुन सक्ने सम्भावना रहेको यादवले बताइन्।
दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका आधा दर्जन गाडी जलाएका छन्।


