काठमाडौं। टोखास्थित झोरमा ट्रकमा भेटिएको ठुलो रकमका मालिकको पहिचान खुलेको छ। प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो।
जसमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल रहेका छन्। बरामद गरिएको २५ करोडका मालिक पौडेलनै भएको प्रहरीको अनुसन्धानले पुष्टी गरेको हो।
गत चैत ४ गते झोरबाट २५ करोड बराबरको डलर र युरो लिएर चीनतर्फ जाँदै गरेको अवस्थामा ट्रक चालक कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो।


