२०८३ कार्तिक २६ गते बुधबार

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १०
Teacher’s protest.-2132

काठमाडौँ- संघीय शिक्षा ऐन जारी गर्न माग राख्दै २२ दिनयता शिक्षकहरू सडक आन्दोलनमा उत्रिएपछि विद्यालय भर्ना अभियान प्रभावित भएको छ। नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपर्ने भएपनि शिक्षकहरू आन्दोलनमा केन्द्रित हुँदा भर्ना अभियान प्रभावित भएको हो।

सडक आन्दोलनमा उत्रिएको २२ दिन बित्दा पनि आफूहरूका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै महासंघले सबै विद्यालय बन्द गरेर आन्दोलनका लागि काठमाडौँ आउन शिक्षकहरूलाई आह्वान गरेको छ। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सञ्चालनमा पनि ढिलाइ भइरहेको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरिएको जानकारी गराएका छन्। बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलनका कार्यक्रम गर्ने र आन्दोलनलाई अझ सशक्त बनाउने उल्लेख गरेका छन्। ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौँ बोलाउनुहोला, ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव वहाँहरुलाई पनि प्राप्त होस्,’ फेसबुकमा उनले लेखेका छन्। महासंघले सबै शिक्षक र कर्मचारीलाई काठमाडौँ बोलाएपछि अधिकांश विद्यालय बन्द छन् भने भर्ना अभियानका लागि समुदायमा जानुपर्ने शिक्षक सडकमा छन्।

आन्दोलनमा होमिएका शिक्षकहरूले कक्षा १२ का लागि तोकिएको परीक्षामा पनि सामेल नहुने भनेपछि परीक्षा १० दिनका लागि सार्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरिसकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रधानमन्त्री तहबाट नै परीक्षा सार्न आग्रह गरिएपछि १० दिनका लागि सारिएको बताए।

यस्तै आन्दोलनमा होमिएका शिक्षकले एसईईको उत्तरपुस्तिका पनि जाँच नगर्ने अडान राखेका छन्। विद्यालयका गतिविधिहरूमा शिक्षकले सहयोग नगर्दा प्रभावित भएका छन्।

शिक्षक आन्दोलन समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नबनेको भन्दै आलोचना भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइसकेकी छन्।

महासंघले ऐन जारी नहुँदासम्म आफूहरू फिर्ता नहुने बताएको छ। यसैबीच सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले वैशाखभरमा ऐन ल्याइसक्ने भन्दै शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको छ। बुधबार सभामुख देवराज घिमिरेसमक्ष दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौला चालु बजेट अधिवेशनबाटै शिक्षकका माग सम्बोधन हुने गरी ऐन ल्याउने बताएका हुन्।

‘शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ।’ संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ। सरकारले वैशाख १२ गते ससंद बैठकसमेत आह्वान गरेकाले ऐन जारी गरिने सत्तारूढ दलले उल्लेख गर्दै आएका छन्।

प्रकाशित: २०८२ बैशाख १० गते बुधबार ०४:५९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना