काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक शनिबार मात्र बस्ने भएको छ। शुक्रबारको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको हो।
यसअघि दिउसो ३ बजे र साँझ ६ बजे पनि बैठक बस्ने भनिएको थियो। तर ती दुवै समयमा बस्न नसक्ने भएपछि शनिबार दिउँसो ४ बजेका लागि सारिएको हो।
शुक्रबार बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको थियो।
गिरीले पशुपतिको मन्दिरको जलहरीका विषयमा एमालेलाई आधारहीन आरोप लगाएको भन्दै बैठक चल्न नदिइने अडान राखेन। आफ्ना अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोप रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेको थियो।
यसअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए। त्यसपछि एमाले सांसदहरूले विरोध गरेका थिए। विरोधका क्रममा उनीहरूले सभामुखको वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।

पशुपति जलहरीका कुरामा किन रिसायो एमाले? के भन्छ महालेखा प्रतिवेदन?


