२०८३ कार्तिक १६ गते आईतबार

बज्र मादीलाई जुट्यो लगानी, एनएमबिको अगुवाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २७
NMB Bank Closure 2

काठमाडौँ- कास्कीको मादी गाउँपालिकामा २४।८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। बज्र इनर्जी भेन्चर्स प्रवर्धक रहेको आयोजनामा एनएमबी र कृषि विकास बैंकले लगानी गर्ने भएका छन्।

आयोजना निर्माणका लागि ५३५ करोड रुपैयाँ लागत अनुमान गरिएकामा एनएमबि बैंकले २५० करोड र कृषि विकास बैंकले १२४।५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

बाँकी १६०।५ करोडमध्ये संस्थापक लगानीकर्ताले ७०५ स्वपुँजी लगानी गर्ने र ३०५ आइपीओमार्फत जुटाउने योजना रहेको कम्पनीले जनाएको छ।

आयोजनामा वित्तीय व्यवस्थापनका लागि शुक्रबार प्रवर्धक कम्पनी र बैंकबीच सम्झौता भएको छ।

बज्र(मादी रन अफ रिभर प्रकृतिको आयोजना हो। कम्पनीले आयोजना ३१ मेगावाटमा स्तरोन्नति गर्न प्राविधिक अध्ययन सम्पन्न गरी लाइसेन्स अपग्रेडका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ।

आयोजनाबाट वार्षिक १४७।१२३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। क्षमता वृद्धि गरी ३१ मेगावाट बनाएपछि वार्षिक १८३।११ गिगावाट आवर उर्जा उत्पादन हुने कम्पनीले जनाएको छ।

यसअघि नै निर्माण सुरु गरिएको आयोजनाबाट २०८५ साल कात्तिक १० गतेसम्म व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ।

आयोजनाबाट उत्पादन हुने विद्युत लेखनाथ सबस्टेसनसम्म करिब ७।२ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०८० माघ २८ गते खरिद बिक्री सम्झौता ९पीपीए० गरिसकेको छ।

कम्पनीले यसअघि २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना बनाएको थियो।

प्रकाशित: २०८२ बैशाख २७ गते शनिवार ०१:४१
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना