२०८३ कार्तिक १७ गते सोमबार

तेह्रथुम सरोकार समाजमा ढुंगेल नेतृत्वमा नयाँ कार्यसमिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
Messenger_creation_C586A335-B2EC-4509-BAE4-ACA75FAECE6C

काठमाडौँ- तेह्रथुम सरोकार समाजको नवौँ वार्षिक साधारणसभाले डिल्लीराम ढुंगेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ।

तेह्रथुमको आठाराई गाउँपालिका-१, मुसेगइरा निवासी ढुंगेल संस्थाको नयाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। समाजका अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ।

नयाँ अध्यक्षमा निर्वाचित भएपछि आफ्नो विचार राख्दै ढुंगेलले सरोकार समाजले तेह्रथुमवासीमाझ आफ्नो उपस्थिति महसुस गराउन कुनै कसर बाँकी नराख्ने बताए।

‘यो तेह्रथुमवासीको साझा सामाजिक संस्था हो, यसलाई कुनै पनि बहानामा राजनीतिकरण वा विवादास्पद बनाउनु हुँदैन’, ढुंगेलले भने, ‘अग्रजहरूले गरेको योगदानलाई हृदयदेखि नै सम्मान गर्दै समाजको सफा छवि कायम राख्न समितिले कुनै कसर बाँकी राख्नेछैन।’

कार्यसमितिका सदस्यहरूको क्षमता र सेवाभावको प्रशंसा गर्दै ढुंगेलले भने, ‘यो समिति उच्च सक्षम र समाजसेवामा निष्ठावान् व्यक्तिहरूको टोली हो, जसले मलाई धेरै खुसी र आशावादी बनाएको छ। पूर्वकार्यसमितिलाई आफ्नो जन्मभूमिप्रतिको गहिरो जिम्मेवारीको लागि आभार व्यक्त गर्दछु।’

यसैगरी, हरिपति लाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने चिरिञ्जीवी खतिवडा, केशव भट्टराई र भागीमान गुरुङ संस्थाका उपाध्यक्षमा निर्वाचित भएका छन्।

योगेन्द्र कुरुम्बाङ महासचिवमा, वीरेन्द्र कुरुम्बाङ उपमहासचिवमा र कुलचन्द फोम्बो र सुमन बुढाथोकी सचिवमा निर्वाचित भएका छन्। त्यस्तै, कृष्ण गड्तौला र विष्णु खनाल कार्यसमितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

नवौं साधारण सभाले अन्य १० जनालाई पनि सर्वसम्मत रूपमा सदस्यमा निर्वाचित गरेको छ। निर्वाचित सदस्यहरूमा टिका सुनार गहतराज प्रेमप्रकाश गुरुङ, शङ्करप्रसाद दाहाल, विपिन दाहाल, डिल्लीराम तिम्सिना, छविलाल सुवेदी, मनोज भट्टराई, सौगातसेन ढकाल, पारसमणि तिम्सिना र उषा लिम्बु पर्दछन्।

त्यस्तै, काठमाडौंमा वैशाख २७ मा भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मोहनकुमार डाँगीलाई संस्थाको मुख्य सल्लाहकारमा र तोयनाथ भट्टराई र विजय सम्भाम्फेलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ।

साथै, यो बैठकले प्राडा ओमकृष्ण सिटौला, जयप्रसाद सिटौला, गणेशप्रसाद घिमिरे, देवीदास भट्टराई, श्रीमान कार्की, पीताम्बर तिम्सिना, रामप्रसाद लकान्द्री, कृष्णप्रसाद दाहाल, तेजबहादुर कुरुम्बाङ र सञ्जय खतिवडालाई सल्लाहकारमा निर्वाचित गरेको छ।

काठमाडौंमा आएर विभिन्न पेसामाआबद्ध तेह्रथुमे दाजुभाइ तथा दिदीबहिनीहरुबिच आपसी सद्भाव र सहयोग गर्ने उद्यश्यले २०६३ सालमा तेह्रथुम सरोकार समाज नेपालको स्थापना भएको थियो।

प्रकाशित: २०८२ बैशाख २९ गते सोमबार १२:३२
प्रतिक्रिया

थप समाचार

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौँ: मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना