काठमाडौँ- स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेको बताएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको उनको भनाइ छ।
जनजाति महिला भएकै कारणले उपसभामुख रानामगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए।
जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा सङ्गीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नबनाइएको आरोप लगाए।
कांग्रेस जनजाति, मधेसी र थारुविरोधी भएको आरोप सिंहको छ।


