काठमाडौँ- सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधवार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै यातायात बन्द नगर्न भनेको हो।
अल्पकालीन आदेश दिन पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई सर्वोच्चमा बोलाएको छ।
अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। यद्यपि यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिइसकेका छन्।


