काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महत बजेटको ब्रिफकेस बोकेर संसद् पुगेका छन्। दिउँसो ४ बजेर १५ मिनेटमा बजेट भाषणका लागि मन्त्री संसद पुगेका हुन्।
यसअघि आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदले पास गरेको छ। चालु आर्थिक वर्षको बजेट अर्थमन्त्रीले कालो लेदरको ब्यागमा राखेर प्रस्तुत गर्न लागेका छन्। गत आर्थिक वर्षको बजेट रातो ब्यागमा राखेर प्रस्तुत गरिएको थियो।


