काठमाडौँ- सरकारले गाँजाखेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।
यसको सम्भाव्यता अध्ययन गर्दै प्रोत्साहन गर्ने नीति लिइने अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट भाषणका क्रममा उल्लेख गरेका हुन्।
गाँजाको औषधीय प्रयोगलाई ध्यानमा राखेर गाँजाखेतीबारे अध्ययन गर्ने बजेटमा उल्लेख छ।
यसअघि सरकारले गाँजाखेती नष्ट गर्दै आएको थियो भने गाँजालाई लागुऔषधका रूपमा लिँदै आएको थियो। गाँजाको कारोबारको आरोपमा प्रहरीले थुप्रैलाई पक्राउ गर्दै आएको छ।


