काठमाडौँ- वाणिज्य कानुन समाज नेपालले सम्पत्ति निसर्ग र आयकर कानुनसम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न गरेको छ। पैतृक सम्पत्ति निसर्गसम्बन्धी कार्यक्रममा वरिष्ठ अधिवक्ता शरद प्रसाद कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए।
राजश्व न्यायाधीकरणका अध्यक्ष न्यायाधीश टेकप्रसाद ढुंगाना मुख्य टिप्पणीकर्ता रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता महेशकुमार थापा, आन्तरिक राजश्व विभागका निर्देशक पदम कुमार श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्टस् किरणकुमार खत्री, उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले टिप्पणी गरेका थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, उपेन्द्रकेशरी न्यौपाने, सुरेन्द्र थापा, बालकृष्ण ढकाल, ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ता शुभनराज आचार्य, परशुराम कोइराला, उत्तमराज पाठक, समीर शर्मा, सुलोचना बज्राचार्य, रमेश राजथला, ज्ञानेन्द्र सुवेदी, कृष्णप्रसाद वस्तीले कार्यपत्रमाथि छलफल गरेका थिए।
समाजका अध्यक्ष डा अवतार न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई अधिवक्ता तीर्थ बसौलाले सहजीकरण गरेका थिए। समाजका उपाध्यक्ष परशुराम कोइरालाले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका सचिव डा रामहरि त्रिपाठीले गरेका थिए।


