२०८३ कार्तिक २६ गते बुधबार

चोभार गल्छी : हल्ला के फैलियो? वास्तविकता के हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
chobhar_galchhi

काठमाडौँ- काठमाडौँ उपत्यकाको पानी निकास हुने मुख्य बिन्दु चोभार गल्छी काटेर ठूलो बनाउने विषयमा सामाजिक सञ्जालमा हल्ला फैलिएपछि सरकारले आपत्ति जनाएको छ। सहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै निराधार हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको हो।

बागमती नदी सफाइ गर्ने भनी २०८२ जेठ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औँ बैठकले निर्णय गरेको थियो। ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकोले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिने,’ निर्णयमा उल्लेख थियो।

उक्त निर्णयलाई अफवाह बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएपछि त्यसमा मन्त्रालयका प्रवक्ता नरायाणप्रसाद मैनालीको हस्ताक्षरमा आपत्ति आएको हो। चोभारको गल्छी काट्न लागिएको भनेर अफवाह फैलाइएपछि स्थानीहरूले गल्छी काट्न नदिने भनी विरोध सुरु गरेका छन्। स्थानीयको विरोधका कारण नदी किनारामा सफाइ गर्नसमेत अप्ठेरो भएको मन्त्रालयको गुनासो छ।

‘बाढी पहिरो जस्ता विपदबाट जनधनको क्षति हुन नदिन तथा नदी किनारमा विस्तार भएको वस्तीहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ मन्त्रालयले भनेको छ।

चोभार गल्छीको धार्मिक सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। चोभार गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोरहरू हटाउने कार्य गर्न मात्र लागिएको मन्त्रालयले प्रष्ट पारेको छ।

‘गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।

अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरूले चोभारको गल्छी काट्ने नभई गल्छीमा अड्किएका ५ वटा ठुल्ठुला ढुंगा हटाउने निर्णय भएको बताएका छन्। ती ढुंगाले वर्षायाममा बागमती नदीमा आएको पानीको प्रवाह रोक्ने गरेकाले हटाउन उचित हुने समितिका अधिकारीहरूको सुझाव छ।

यो विषयमा कीर्तिपुर नगरपालिका वडा नम्बर ६ सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो। कार्यक्रममा कीर्तिपुर नगरपालिका-६ नम्बर वडाका अध्यक्ष खिरमान सिंह बस्नेत (पृथ्वी बस्नेत)ले चोभार गल्छीभन्दा माथि रहेका भनिएका ती ढुंगा काट्ने विषयमा पनि अध्ययन गर्न माग गरेका छन्। सरकारले काट्न लागेका पाँच ठुला ढुंगा प्राकृतिक रूपमै पहिलेदेखि रहेछन् भने कुनै पनि अवस्थामा काट्न नदिइने उनको भनाइ छ। बागमती नदीले पछि बगाउँदै ल्याएको हो भने ढुंगा पन्छाउन दिइने उनको भनाइ छ।

‘पुरातत्त्वविद् र प्राविधिक टोलीले यस विषयमा अध्ययन गर्नेछ। अध्ययनबाट चोभार गल्छीमा रहेका पाँच ठुल्ठुला ढुंगा पहिलेदेखि नै रहेको पुष्टि भयो भने हामीले कुनै पनि अवस्थामा ढुंगा काट्न वा पन्छाउन दिन्नौं,’ बस्नेतले भने, ‘बागमती नदीले बगाएर अन्यत्र ठाउँबाट ल्याएको भए हामीले पन्छाउन दिन्छौँ।’

गल्छीको सांस्कृतिक तथा पुरातात्विक महत्व नष्ट हुने गरी केही काम नगर्न भन्दै स्थानीयवासीले अवरोध गरेपछि ग्रेगान तथा ढुंगाका ब्लक अहिलेसम्म हटाउन सकिएको छैन। अधिकार सम्पन्न बागमती विकास समितिका सूचना अधिकारी उद्धव नेपालले बागमती विकास समितिको काम नै बागमती सभ्यताको विकास गर्नु रहेको बताए।

‘हामी कुनै पनि अवस्थामा बागमती नदीको सभ्यता बिगार्न दिन्नौं। चोभारको गल्छी काट्ने भनेर हामीले कहिल्यै भनेका छैनौं,’ उनले भने। उनका अनुसार चोभारको गल्छीभन्दा २० मिटर पर बागमती नदीमा अडकिएका पाँच वटा ठुल्ठुला ढुंगाको चुच्चो काट्न र वर्षौंवर्षदेखि थुप्रिएका गेग्रान र फोहोर हटाउन खोजिएको हो।

यसका लागि नेपाली सेनासँग समन्वय र सहयोग गर्ने निर्णय सरकारले गरेको छ। यसपटक चोभारको गल्छीमा गेग्रान सफा नगर्ने हो भने यस वर्ष पनि वर्षायाममा बागमती नदीमा पानीको प्रवाहमा अवरोध सिर्जना हुने र करिडोर, नदी वरिपरिको क्षेत्र डुबानमा पर्ने भन्दै विकास समितिका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत असार ५ गते कीर्तिपुर नगरपालिकालाई चिठी पठाएर ग्रेगान हटाउन सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ। उक्त चिठीको बोधार्थ नेपाली सेना तथा ललितपुर महानगरपालिका वडा नम्बर ६ कार्यालयलाई समेत पठाइएको छ।

बागमती विकास समितिका प्राविधिक कर्मचारीहरू चोभार गल्छीमा पुगी ग्रेगान तथा ढुंगाका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए। निरीक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठुल्ठुला ढुंगाहरू खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर–१८ र कीर्तिपुर–६ बिचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र पहिरोका कारण उक्त नदीको गल्छीमा झरेको ठुल्ठुला ढुंगा र थुप्रिएको माटोका कारण बहाव अवरुद्ध हुनुका साथै वर्षायामअगावै नहटाए उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।

सरकारले चोभार गल्छी नचलाउने तर फोहोर हटाउने लगायतका विषयमा बारम्बार स्पष्टीकरण दिइरहेपछि स्थानीहरू भने आश्वस्त हुन सकेका छैनन्। गल्छीभन्दा २० मिटर माथि रहेका ढुंगा पनि कति पुराना हुन् भन्ने अध्ययन गरेर निष्कर्ष सुनाउन सकेको छैन। गल्छीको पछिल्लो विवादका विषयमा सरकारले स्थानीयलाई प्रष्ट पार्न नसकिरहेको छ।

गल्छी र वरपरका तस्बिरहरू

प्रकाशित: २०८२ असार १९ गते बिहिबार ०५:३६
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना