काठमाडौँ- संसदीय सुनुवाइ समितिले चार जनालाई न्यायाधीश बनाउने सिफारिस अनुमनोदन गरेको छ।
समितिले सर्वोच्च अदालतमा एक जना र उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुई जना र न्याय परिषदको सदस्यमा एक जनाको नाम अनुमोदन गरेको हो।
समितिले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई अनुमोदन गरेको छ।
यस्तै, उच्च अदालत जनकपुरको प्रस्तावित मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका प्रस्तावित मुख्य न्यायाधीश शान्तिसिंह थापा, न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम अनुमोदन गरेको हो।
सिफारिसहरू अनुमोदन गर्ने समितिको बैठक नेकपा (माओवादी केन्द्र) का सांसदहरूले भने बहिष्कार गरेका छन्।
प्रस्तावित नाम समावेशी नभएको भन्दै उनीहरूले निर्णय प्रक्रियालाई बहिष्कार गरेका हुन्।
माओवादी सांसद जनार्दन शर्मा र जगप्रसाद शर्माले समितिमा सदस्य थिए।


