काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने संकल्पप्रति दृढ’ रहेको दाबी गरेका छन्।
बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका ओलीले यस्तो दाबी गरेका हुन्।
सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाफमा ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं।’
कसैले केही लेखेकै आधारमा वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिबद्धता छ।


