२०८३ कार्तिक २५ गते मङ्गलबार

सप्तकोसीको बहाव बढेपछि बेलका जोखिममा, के हो क्युसेक?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
saptakoshi river

इनरुवा (सुनसरी)- पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ।

सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक पानीको बहाव छ। सोमवार राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक रहेको थियो।

सोमबार राति १० बजे कोसी ब्यारेज प्रशासनले पानीको बहाब एक लाख ७९ हजार ७४० क्युसेक पानीको बहाव रहेको जानकारी गराएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताए। अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले बताए।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजारभन्दा बढी भएपछि सचेतताका लागि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।

तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको जोखिममा छ। बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोसी आसपासका गाउँघर सप्तकोसीको बाढी तथा डुबानको जोखिममा परेका हुन्। सप्तकोसी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन्।

नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुन सक्ने भएकाले पूर्वतयारीका लागि उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लुइँटेलका अनुसार बेलकाको सप्तकोसीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताए। अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरिएको छ।

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोसी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले स्थलगत अवलोकन गरी पूर्वतयारी थालिएको नगरप्रमुख अशोक कार्कीले बताए।

गत वर्ष असोज १३ गते बिहान सप्तकोसी नदीको बहाव प्रतिसेकेन्ड ६ लाख ६१ हजार ५ क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको थियो। उक्त दिन बिहान ३ बजे ६ लाख ४३ हजार ५४० क्युसेक पानी बहेको थियो।

गत वर्षकै असोज १२ गते सप्तकोसी नदीमा पानीको वहाव ६ लाख क्युसेक पुगेको थियो। पानी बढेपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको थियो। ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ।

त्यसको केही दिनअघि भारतको पटनास्थित जल संसाधन विभागले कोसीमा पानीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको औँल्याएको थियो।

कोसी नदीमा पानीको बहाव बढ्दा भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा क्षति हुन सक्ने सम्भावन हुन्छ। नदीमा पानीको बहाव १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ।

सन् १९६८ अक्टोबर ५ मा सप्तकोसी नदीमा ७ लाख ८८ हजार २ सय क्युसेक पानी बगेको थियो। यो हालसम्मकै उच्च हो।

ब्यारेज बनाउँदा ९ लाख क्युसेक पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको निर्माण पक्षको दाबी थियो।

पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भए पनि जोखिम भने बढी हुने गरेको छ।

२०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वीतट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।

क्युसेक भनेको पानीको प्रवाह मापन गर्ने एकाइ हो, जसको पूरा रूप ‘क्युबिक पर सेकेन्ड’ (प्रति सेकेन्ड घनफिट)हो। एक क्युसेक भनेको प्रत्येक सेकेन्डमा एक घनफिट पानी बग्नु हो। एक क्युसेकमा करिब २८.३१७ लिटर पानी जम्मा हुन्छ।

कोसी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ।

एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो। ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आउन थालेको हो।

कोसी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन्। ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।

प्रकाशित: २०८२ साउन २० गते मङ्गलबार ०७:३४
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना