२०८३ कार्तिक २५ गते मङ्गलबार

जलवायु संकट झेल्दैछ मुस्ताङ

 |  सुन्दरकुमार थकाली
Sanket

सुन्दरकुमार थकाली

काठमाडौँ, भदौ २१
upper-mustang

विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरू यसको प्रत्यक्ष र परोक्ष मारमा पर्दै आइरहेका छन्।

हिमाली जिल्लाहरूमा मौसमी तापमान दर बर्सेनि वृद्धि भइरहेको छ। जलवायुको असर हिमाली जिल्लाहरुमा देखिँदै गर्दा मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण यहाँको वातावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीमा नराम्ररी प्रभावित तुल्याएको छ।

दश वर्षअघिसम्म यहाँ हिउँदयामको अनुकूल समयमा हिउँ पथ्र्यो। हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र बस्ती सबै हिउँले पूरै सेताम्मे हुन्थे। यहाँ हिउँद यामको पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिटसम्म हिउँ परेको थियो।

२०७५ सालमा हिउँदयाममा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङमा सयौँ याक चौँरी, भेडाच्याङ्ग्राहरु खर्क र गोठमै हिउँले पुरिएर मरे। तल्लो मुस्ताङको नमखुलेंक र थासाङको विभिन्न खर्कहरूमा पनि स्थानीयका दर्जनौँ याकचौँरी हिउँमा पुरिएर मरेका थिए। त्यतिबेला हिमपातले क्षति पुगेका पशुपालक किसानलाई सम्बन्धित स्थानमै पुगेर गण्डकी प्रदेश सरकारले आंशिक राहत वितरण गरेको थियो।

हिउँ पर्दा पनि सास्ती, हिउँ नपर्दा पनि सास्ती यहाँका बासिन्दाले भोग्नु परेको एक ज्वलन्त समस्या र चुनौती हो। हिउँदयाममा उपल्लो मुस्ताङका बासिन्दा हिउँ र अत्यधिक चिसो छल्न तल झर्ने सदियौँ वर्षदेखिको प्रचलन हो।

अत्यधिक चिसो र हिमपातको असरले उपल्लो मुस्ताङका बासिन्दाको जनजीवन निकै कष्टपूर्ण हुन्थ्यो। चिसो र हिउँका कारण घरका सेफ्टी ट्याङ्की, धारा र सिँचाइ कुलो जमेर बरफ बन्थ्यो। उपल्लो मुस्ताङमा कात्तिक महिनादेखि फागुनको अन्तसम्म चरणबद्ध रुपमा हिउँ पर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ बताउँछन्।

यहाँ जलवायु परिवर्तनका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात हुन सकेको छैन। पृथ्वीको तापमान वृद्धिसँगै मुस्ताङका शाखा नदीहरूमा विपद् जोखिमको उच्च सम्भावना बढेको छ।

यहाँका शाखा नदीका मुहानहरुमा हिउँ पग्लिएर वा हिउँका ढिस्का खसेर ठूलो लेदो र गेग्र्यानसहित बाढी आउने गरेका कारण कागबेनीमा ठूलो बाढी आयो। बाढीले कोरला सडकको निर्माणाधीन पक्की पुलसहित कागबेनीका आधा दर्जन बढी घरहरूमा ठूलो क्षति पुग्यो। बाढीले कागबेनी श्राद्धस्थल, स्याउबारीमा क्षति र पशु चौपाया बगाउँदा करोडौंको नोक्सानी पुर्‍यायो।

थासाङ क्षेत्रमा पटकपटक हिउँपहिरो जाने क्रम रोकिएको छैन। हिउँपहिरो जाने क्रमले त्यस क्षेत्रको चरन क्षेत्र तथा थासाङ क्षेत्रका केही बस्ती हिउँ पहिरोको उच्च जोखिममा छन्। दुई वर्षअघि मार्फास्थित बागवानी केन्द्र नजिकैको सानो खोलामा भेल बाढी आउँदा फार्मका खेतीयोग्य स्याउ बारीमा लेदो र गेग्र्यान पसेर क्षति पुर्‍याएको थियो।

यसै वर्ष साउनको पहिलो र तेस्रो साता थासाङको लाङ्की खोलामा हिउँ पग्लिएर ठूलो भेल बाढी आयो। बाढीले मानवीय तथा भौतिक क्षति नपुर्‍याए पनि त्यहाँका लार्जुङ बस्तीलाई त्रासदी उत्पन्न गरायो। त्यहाँ गाउँपालिका र प्रशासनको समन्वयमा खोलामा डोजर लगाएर खोलाको धारलाई नियन्त्रणमा ल्याइयो।

गत असारमा उपल्लो मुस्ताङको लोमान्थाङ–४ समजुङ माथिको लेकबाट अकस्मात छुआमा खोलामा भेल बाढी आयो। त्यहाँ बाढीले सडक मोटर बाटो, पुल र सिँचाइ कुलोलगायतमा क्षति पुर्‍यायो। त्यहाँका बाढीले मुस्ताङस्थित कालीगण्डकी नदीको तटीय बस्ती र म्याग्दीको कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई समेत बाढीले त्रासदी उत्पन्न गरायो।

यसै वर्ष घरपझोङ गाउँपालिका–५ स्थित ढुम्बा खोलामा बाढी आउँदा जङ्गलमा च्याउ टिप्न जाँदै गरेका एक युवालाई बाढीले बगायो भने बाढीले झन्डै २०० स्याउका बोटमा क्षति पुर्‍यायो।

यति मात्रै होइन, बाढीले जोमसोम–कोरला सडकमार्ग समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भयो। हिमाल पग्लिएर हिउँका ढिस्कासहितको भेल बाढी आउँदा यहाँ कालीगण्डकी नदीभन्दा बेसी यहाँको शाखा नदीको विपद् जोखिम बढेको घरपझोङ–५ का कृषक कर्मा गुरुङले बताउनुभयो। जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्नु र पृथ्वीको तापमान वृद्धि हुँदै गर्दा यहाँका नीलगिरि, धौलागिरिलगायतका हिमालहरुको सौन्दर्यता घट्दै जान थालेको छ। यहाँका हिमालमा हिउँ पग्लिँदै गर्दा हिमालहरु बर्सेनि कालापत्थरमा परिणत हुँदै जान थालेका छन्।

यसैगरी, जलवायु सङ्कटका कारण यहाँको कृषि, पर्यटन, जैविक विविधता, धर्म, संस्कृति र वातावरणीय क्षेत्रमा प्रतिकूल असर पर्दै जान थालेका छन्। जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा। लालमणि अर्यालका अनुसार जलवायु सङ्कटका कारण यहाँका परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्दै जान थालेको छ।

अनुकूल समयमा हिउँ नपर्ने र बेमौसममा वर्षा हुने गर्दा यहाँको चरन क्षेत्र खुम्चिँदै जान थालेको उनको भनाइ छ। हिउँ नपर्दा उच्च लेकमा घाँस पलाउन छाडेको र बेमौसमे वर्षाले चरन क्षेत्रमा अनधिकृत घाँस पलाउन थालेकाले पशु आहार व्यवस्थापनमा समस्या थपिएको छ।

वारागुङ–४ तिरीका पशुपालक किसान आङ्ग्या गुरुङले यहाँ चरन क्षेत्रको समस्या पर्दा गाउँमा कुनै पनि घरधुरीले २०० भन्दा बढी च्याङ्ग्रापालन गर्न नपाइने नियम कार्यान्वयनमा आएको बताए।

‘गाउँमा सबैका धेरै थोरै च्याङ्ग्रा छन् तर चरन क्षेत्र खुम्चिँदैछ,‘ उनले भने, ‘घाँसको अभाव हुने भएकै कारण च्याङ्ग्रापालन समितिबाटै यस्तो निर्णय भएको हो, धेरै च्याङ्ग्रा पाल्छु भन्नेलाई यहाँ समस्या देखिएको छ।‘

जलवायुकै कारण यहाँको कृषि क्षेत्रमा समेत निकै ठूलो समस्या र चुनौती थपिँदै जान थालेको कृषकहरू बताउँछन्। जमिनको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँ उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारी उत्पादनले विस्तारै बसाइँ सर्दै जान थालेको छ।

यहाँ बढ्दो तापमान वृद्धिका कारण स्याउलगायतका अन्नबालीहरुमा विभिन्न रोगकिराहरुको सङ्क्रमण बढ्दै जान थालेको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख राजेश गुरुङ बताउँछन्। तापमान वृद्धिले स्याउखेतीमा यसको प्रत्यक्ष असर देखिन थालेको उनको भनाइ छ।

यहाँ जलवायुका कारण बेमौसमे वर्षा हुने र अनुकूल समयमा हिउँ नपर्दा स्याउलगायतका अन्नबालीहरुमा रोगको प्रकोप चुलिँदै जान थालेको उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण शीतोष्ण फलफूल तथा बालीहरू विस्तारै बसाइँ सर्ने क्रममा रहेकाले शीतोष्ण बागवानी विकास केन्द्रले उपल्लो मुस्ताङको घमीमा ‘स्याटलाइट’ कृषि फार्म स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।

जलवायुका कारण यहाँको तल्लो भेगमा समशीतोष्ण तथा उपल्लो मुस्ताङमा शीतोष्ण फलफूल तथा तरकारीहरु उत्पादन तथा बिक्री वितरण गर्ने गरी फार्म स्थापनाको तयारी भइरहेको उनको भनाइ छ।

यसैगरी, जलवायु सङ्कटका कारण हिमाली जिल्लामा संस्कृति र मौलिक परम्परामा समेत असर पुर्‍याउँदै जान थालेको छ। यहाँका सदियौँ वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित एकापसमा जोडिएका परम्परागत घरहरु विस्तारै लोप हुने अवस्थामा छन्। ढुङ्गा र माटोले बनेका घरहरू, त्यसका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन यहाँको सांस्कृतिक धरोहरका रुपमा लिने गरिन्छ।

पानी नै नपर्ने जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय बेमौसमे वर्षा हुने गर्दा पुरानो घरहरु कमजोर बन्दै जान थालेको जोमसोमका स्थानीयवासी अजित थकाली बताउँछन्। पछिल्लो समय जलवायु सङ्कटका कारण ढुङ्गा र माटोका घरहरु जोखिम देखिएको र सडक यातायातको सहजतासँगै यहाँ पुराना घरहरू विस्थापित हुँदै आधुनिक घर र बङ्गलाहरु निर्माण हुने क्रम बढेको थकालीले उल्लेख गरे। यसले यहाँको पुरानो मौलिक संस्कृतिमा असर पुर्‍याउँदै जान थालेकाले पर्यटन प्रर्वद्धन र विकासमा समेत क्षति तुल्याउने देखिएको उनको भनाइ छ।

यसैगरी, जलवायु सङ्कटका कारण वातावरणीय क्षेत्रमा प्रतिकूल असर पुर्‍याउँदै जान थालेपछि यहाँको जैविक विविधतामा समेत असर पुगेको देखिन्छ। यसका कारण हिमाली क्षेत्रको जैविक विविधतामा असर पुगेपछि यहाँको वन्यजन्तुहरु लोपोन्मुख हुन थालेका छन्।

हिउँचितुवाको आहारा नाउर चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा बस्ती नजिक आउने गरेको र त्यसलाई पछ्याउँदै हिउँचितुवा बस्ती नजिक आउने गरेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले बताए। उनले यसका कारण हिउँचितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएकाले यहाँका पशुपालन व्यवसायमा चुनौती थपिएको बताए। पछिल्लो समय यहाँ हिमालको काखमा बासस्थान जमाएर बस्ने हिउँचितुवा बस्ती र सडक छेउछाउमा देखिन थालेको छ।

हिमाली क्षेत्रमा जलवायुको असर बढ्दै जान थालेपछि यहाँको विभिन्न क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको यथोचित अनुकूलनका उपाय अवलम्बन गर्न मुख्य चुनौती भइरहेको छ।

जलवायु सङ्कटले भविष्यमा मुस्ताङले योभन्दा ठूला जोखिमहरु आउनसक्ने भयले स्थानीयवासी त्रसित छन्। अन्तरराष्ट्रियस्तरमा उपलब्ध हुने जलवायु क्षतिको यथोचित हिस्सा मुस्ताङले पाउनुपर्ने यहाँका बासिन्दाको माग रहेको छ।

प्रकाशित: २०८२ भदौ २१ गते शनिवार ०६:५२
प्रतिक्रिया

थप समाचार

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना