२०८३ कार्तिक १६ गते आईतबार

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
chyau

झापा: विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन्। स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ। उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ। यसबाट १ करोड ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताए।

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन्। आफूसहित तीन कामदार आफ्नै घरका सदस्य रहेको उनले बताए। उद्योगबाट घर बाहिरका चार कामदारले पूर्णकालीन रोजगारी पाएका छन्।

‘च्याउखेतीमा थोरै लगानी र मिहेनत गर्दा मनग्य आयआर्जन गर्न सकिने भएकाले अहिले यसतर्फ किसानको आकर्षण बढेको छ’, खत्री भन्छन् ‘रोग नलाग्ने र स्वस्थबद्र्धक च्याउ उत्पादन हुने भएकाले बीउका लागि टिस्युकल्चर प्रविधि प्रयोग गरिरहेका छौँ।’

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न खत्रीले आधुनिक प्रयोगशाला स्थापना गरेका छन्। यो कोशी प्रदेशकै पहिलो हो। उनले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उमारिन्छ। भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधिबारे तालिमप्राप्त गरेपछि आफैँले प्रदेशमा पहिलोपल्ट च्याउको बीउ उत्पादन गरेको खत्रीले बताए। यसका लागि गहुँलगायतका दाना स्वदेशकै प्रयोग भए पनि रासायनिक तत्व भने भारतबाटै ल्याउने गरिएको उनको भनाइ छ।

‘हाम्रो उद्योगमा दैनिक १ सय ५० किलो गहुँबाट १ हजार ५०० प्याकेट च्याउको बीउ उत्पादन हुँदै आएको छ’, उनले भने, ‘प्रतिप्याकेट बीउ ३५ रुपैयाँमा बजारमा बिक्री हुन्छ।’ उद्योगले च्याउखेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई प्राविधिक परामर्श तथा कच्चा पदार्थसमेत उपलब्ध गराउँदै आएको छ। उद्योगबाट उत्पादित बीउले माग धान्न नसकिरहेको खत्रीले बताए।

झापामा खत्रीले टिस्युकल्चर प्रविधि भित्राएपछि हाल जिल्लाभर उनको जस्तै च्याउको बीउ उत्पादन गर्ने १३ उद्योग स्थापना भइसकेका छन्। पाथिभरा च्याउ तथा बीउ उद्योगद्वारा उत्पादित च्याउको बीउ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म बिक्री हुने गरेको छ। एकपटक च्याउखेतीमा गरेको लगानीले लामो अवधिसम्म उत्पादन दिइरहने, श्रमिक कम लाग्ने र सामान्य प्राविधिक ज्ञानले हुने भएकाले पछिल्लो समय च्याउखेतीतर्फ किसानको आकर्षण बढेको छ।

प्रकाशित: २०८२ असोज ५ गते आईतबार ०७:२५
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना