२०८३ कार्तिक २२ गते शनिवार

माथिल्लो भोटेकोशी आयोजना: २८ दिनमा २७ करोड घाटा, तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
omprakash_aryal
फाइल तस्बिर

काठमाडौँ: जेनजी युवाहरूको नाममा १० प्रतिशत नि:शुल्क शेयर माग्दै बन्द गराइएको सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना २८ दिनदेखि बन्द हुँदा २७ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ।

जेन-जी युवाहरुले १० प्रतिशत निशुल्क शेयर नदिएसम्म भोटेकोशीबाट विद्युत उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । केही व्यक्तिहरूले आफूलाई जेनजी दाबी गर्दै भोटेकोशी गाउँपालिकाका स्थानीयखबासिन्दालाई १० प्रतिशत सेयर सित्तैमा दिनुपर्ने माग गर्दै उनीहरूले एक महिनादेखि आयोजना सञ्चालनमा अवरोध गर्दै आएका छन्।  पूर्णक्षमतामा सञ्चालित भई दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्दै आएको उक्त आयोजना बन्द भएपछि २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताएका छन्।

नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर उक्त आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।

भेटपछि गृहमन्त्री अर्यालले  प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलीफोन गरी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनले जायज माग राख्न युवाहरूले पाउने भए पनि उत्पादन नै रोक्नु अव्यवस्था भएको बताउँदै सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।

आवश्यक परे गृह मन्त्रालयले सहयोग गर्ने पनि उनले आश्वासन दिएका छन्।

२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनले सरकार परिवर्तन गरेपछि सिन्धुपाल्चोकको ‘भोटेकोसी गाउँपालिका जेनजी ग्रुप’ का नाममा २५ गते युवाहरूले माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा प्रवेश गरी स्पिलवे गेट खोल्न लगाइ उत्पादन पूर्णरूपमा अवरुद्ध गराएका थिए।

प्रकाशित: २०८२ असोज २२ गते बुधबार ०८:५४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना