२०८३ कार्तिक १६ गते आईतबार

केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
gagan_thapa

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता-कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिम पटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्।

‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एक प्रकारले अन्तिम उपस्थिति रह्यो। उहाँले पार्टी सभापतिको रूपमा महत्त्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो। त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन।’

 

उनले सभापतिको सम्बोधनपछि कार्यवाहक सभापतिसँग छलफल भएको र सो छलफलमा पार्टी कार्यालयमा सभापतिको रूपमा अन्तिम सम्बोधन आएकाले त्यसालाई पनि सम्मान गर्दै बैठक टुंग्याइएको बताए।

उनले विशेष महाधिवेशन माग गर्दै संकलन भएको हस्ताक्षर बुधबार दिउँसो ३ बजे बुझ्ने कार्यक्रम तय गरिएको जानकारी दिए।

आफूहरूसँगको छलफलमा सभापतिले १५औँ महाधिवेशन समयभित्रै सम्पन्न गर्ने बताएको भन्दै महामन्त्री थापाले भने, ‘हामीले बुझेको समयभित्र भनेको २०८२ को मंसिर मसान्त हो। महाधिवेशन त्यही समयभित्र सम्पन्न हुन्छ।’

उनले छोटो समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने हुनाले देशभरका नेता-कार्यकर्तामा अतिरिक्त संयम आवश्यक रहेको पनि बताए।

 

प्रकाशित: २०८२ असोज २८ गते मङ्गलबार ०७:३०
प्रतिक्रिया

थप समाचार

कुमारी बैंकले तीन महिनामा गर्यो १ अर्ब ७ करोड नाफा

काठमाडौँः कुमारी बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल...

कहिले पूरा होला कर्नालीमा निर्धक्कसँग यात्रा गर्ने सपना?

सुर्खेत: नेपाल भारतको सिमाना जमुनाहबाट सुरु भएर नेपाल चीनको सिमाना हिल्सा गएर टुगिँने कर्नाली कोरिडोर निर्माणको भाका फेरि लम्बिएको छ। ५०५ किलोमिटर लम्बाइ रहेको यो सडकको हाल कालिकोट खण्डबाट...

नबिल बैंकको नाफामा उछाल, तीन महिनामा २ अर्ब ५५ करोड

काठमाडौँः नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना