२०८३ कार्तिक १२ गते बुधबार

घर-घरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य

 |  रासस
Sanket

रासस

काठमाडौँ, कार्तिक १
flower

भक्तपुर: यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ। घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो।

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन्। आइतबारदेखि तिहार सुरु हुँदैछ। तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन्। व्यापारीले आज एउटा मखमली फूलको माला ८० मा बिक्री गरिरहेका छन्।

गुण्डुका किसानबाट भने शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला २२ देखि २५ सम्मम खरिद गरेका किसानहरूले जनाएका छन्।

गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले आजबाट घरदैलोमा आएका व्यापारीले किसानबाट ३० देखि ३५ मै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला ८० देखि ९० मा बिक्री गर्न थालेको बताए। किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे।

चाँगुनारायण–९ का स्थानीय पुष्प कृषकले ३० मा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन्। भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आएकी छन्। यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उनले बताइन्।

स्थाननीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोडभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ।

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो साडे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाख आम्दानी गरेको बताइन्। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको २० देखि २५ सम्ममा बिक्री हुने गरेको उनले सुनाइन्। सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ। ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ। किसानले सयपत्री ढ्वाङ्को सात सयसम्म बिक्री गरेको र बजारमा भने किलोमा चार सयदेखि पाँच सयमा बिक्री हुने गरेको बस्नेतले बताइन्।

यहाँका कृषकले एकैघरबाट ३० हजारदेखि तीन लाखसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन्। मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको ४५० मा र मखमली फूलको माला ७० मा बिक्री भइरहेको बताए। फूलको मूल्य भोलीबाट अझै बढेर आउने उनले बताए।

यसवर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। उनले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताए।

प्रकाशित: २०८२ कार्तिक १ गते शनिवार ०४:५६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना