काठमाडौं। व्यवसायी तथा पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
प्रभु म्यानेजमेन्टको आर्थिक हिनामिना प्रकरण उनलाई प्रहरीले पक्राउ गरेका हुन्। प्रभु म्यानेजमेन्टमा देवीप्रसादले अर्ब रुपैयाँ भन्दा बढी हिनामिना गरेको दावी गर्दैै सञ्चालक कुसम लामाले उनीविरुद्ध उजुरी दिएकी थिइन्।
प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको हो। आज बुधबार अदालत उपस्थित गराउने तयारी प्रहरीको छ।


