२०८३ कार्तिक १६ गते आईतबार

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
tia

काठमाडौँ: भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरिएको छ। अध्यागमन विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिजिट भिसामा प्रस्थान गर्ने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र घोषणाको कागजात पेस गरेमा प्रस्थान अनुमति दिने सहज प्रावधानसम्बन्धी मन्त्रिस्तरीय निर्णय भएको जानकारी दिए।

सो अवसरमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘भिजिट भिसामा रहने यात्रुले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अनअराइभल’ प्रवेशाज्ञा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनको आवश्यक कागजात साथमा रहेको तथा सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने स्वः घोषणा गरे पुग्नेछ।’

हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न समेत सिफारिस गरिएको छ। अध्यागमन र उक्त भिसाबारे देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले समेत  संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न तथा स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्नुपर्ने सुझाव प्रस्तुत गरेको थियो।

विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकाले सबै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्णरुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ।’

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाटसमेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण तथा सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन्।

भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास हुँदै आएको विभागले जनाएको छ। भिजिट भिसामा जान नागरिकलाई हैरानी र अनियमितताका कारक बनेका गुनासा कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही विन्दुबाट नै सुधारका काम निरन्तर अगाडि बढाइरहेको विषय विभागले स्पष्ट गरेको छ।

अध्यागमन नियमन र सहजीकरण बीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २०८२ कार्तिक १४ गते शुक्रबार ०४:२३
प्रतिक्रिया

थप समाचार

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

जनकपुरविरुद्ध बलिङमा पोखरा

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना