२०८३ कार्तिक १६ गते आईतबार

हेटौँडाको २५ मिटर सडक विस्तार ५० वर्षसम्म अधुरै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २३
hetauda

मकवानपुर: एसियन हाइवेअन्तर्गत हेटौँडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अधुरै छ। सडक विस्तारमा लगातार ढिलाइ हुनु र सरकारी निकायको मौनता स्थानीयवासीका लागि चिरस्थायी समस्या बनेको छ।

सडक डिभिजन कार्यालय मकवानपुरले पटक–पटक ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिएको भए पनि अहिलेसम्म ठोस काम अघि बढ्न सकेको छैन्। यसका कारण बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने दैनिकजस्तो सवारी दुर्घटना हुने क्रम बढ्दो छ।

२०७२ सालमा भत्काइएको राप्ती रोडसाइडमा हाल पुनः पसलहरू स्थापना भैसकेका छन्। यद्यपि सडक विस्तारले यस क्षेत्रमा व्यवस्थित ट्राफिक व्यवस्थापन र सुरक्षित आवत–जावतको वातावरण सिर्जना गर्ने भए पनि स्थानीय प्रशासन र राजनीतिक दबावले काम अघि बढ्न सकेको छैन्।

हेटौडा–९ का स्थानीयबासी हरि खड्काले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण नेताहरूको व्यक्तिगत स्वार्थ रहेको बताए। ‘सडक विस्तार गर्न नेताहरूको स्वार्थले ढिला भइरहेको छ। चुनावमा बाचा गर्छन्, तर जितेपछि यो मुद्दा बिर्सिन्छन्,’उनले भने। हेटौँडा–८ की स्थानीय सानु लामाले दशकौँदेखि सडक निर्माणको कुरा सुन्दै आइरहेको बताइन्। ‘सडक बनाउने भनेको ५० वर्ष भइसकेको छ। मेरो बुबाको पालादेखि सुरु भएको सडक अझै बनेको छैन। छोराको पालामा बन्छ कि आशा गरौँ,’ उनले भनिन्।

हेटौँडा–१० का स्थानियवासी अरुण लामाका अनुसार सडक विस्तार ढिलाइ हुनुको अर्को कारण ठूला नेताहरूका निजी आवास सडकको दायराभित्र पर्नु हो। ‘सडक विस्तार गरेपछि हेटौँडा बजारको स्वरूप नै बदलिन्थ्यो। तर ठूला नेताहरूका घर र सरकारी निवास सडकभित्र परेकाले काम अघि बढाउन सकिएको छैन,’ उनले बताए।

हेटौँडा बजारको सडक विस्तार बाइपास रोडबाट लगेर १६ मिटर मात्र कायम गर्ने योजना पनि विवादको विषय बनेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्योगवाणिज सङ्घको कार्यक्रममा भनेका थिए, ‘हेटौँडा बजारको सडक १६ मिटर मात्र बनाउँछौं।’ तर उनका यी शब्द अहिले स्थानीय जनतामाझ असन्तोष र आलोचनाको विषय बनेका छन्।

सडक डिभिजन हेटौँडाका सूचना अधिकारी इन्जिनियर यादव सुवेदीले भने, ‘जेनजी आन्दोलनपछि सडक विस्तार गर्न झनै अप्ठ्यारो भएको छ। हामीसँग बजेट छैन तर हामी यो काम चाँडै टुङ्गो लगाउने प्रयासमा छौं। फागुन २१ को चुनावभन्दा अघि हेटौँडाका सडक विस्तारको काम राम्ररी अघि बढाउनेछौँ।’

हालसम्म सडक डिभिजनको ढिलाइ, राजनीतिक हस्तक्षेप, निजी आवास समस्या, र बजेटको अभावका कारण हेटौडा बजार क्षेत्रका २५ मिटर सडक विस्तार अधुरै रहेको छ। स्थानीयवासीहरू भने अबको चुनावअघि सडक विस्तारका कामलाई वास्तविकता बनाउने अपेक्षामा छन्।

प्रकाशित: २०८२ कार्तिक २३ गते आईतबार ११:४०
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना