काठमाडौँ: बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले नर्वेजियन कम्पनीको हिमाल पावर लिमिटेडमा रहेको सबै शेयर खरिदको गर्ने प्रस्ताव पारित गरेको छ। हिमाल पावरले ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। काबेली इनर्जीले ३७.६ मेगावाटको काबेली ए आयोजना बनाइरहेको छ।
यस्तै कम्पनीले काबेली इनर्जी लिमिटेड र गुराँस पावर लिमिटेडमा भएको सबै शेयर अरुण काबेली पावर लिमिटेडलाई बिक्री गर्ने प्रस्ताव सभाले पारित गरको बीपीसीले जनाएको छ। हिमाल पावरको शेयरहरु मध्ये स्ट्याटक्राफ्ट होल्डिङ सिङापुर प्रालिको नाममा रहेको एक करोड ६८ हजार १७६ कित्ता र इभिनी एस नर्वेको नाममा रहेको ४५ लाख ९४ हजार ६११ कित्ता शेयर यस कम्पनीले खरिद गर्ने प्रस्ताव सभाले पारित गरेको छ।
कम्पनीको गत साता भएको साधारणसभाले हिमाल पावरमा रहेको स्ट्याटक्राफ्ट र इभिनीको शेयरहरु खरिद गर्ने र सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको बीपीसीले जनाएको छ। हाल हिमाल पावरको चुक्ता पुँजी एक अर्ब ७६ करोड ४१ लाख ४३ हजार ९०० सय रूपैयाँ छ। जसलाई प्रति कित्ता १०० रूपैयाँका दरले एक करोड ७६ लाख ४१ हजार ४३९ कित्तामा विभाजन गरिएको छ।
हाल बीपीसीको हिमाल पावर २९ लाख ७८ हजार ५०२ कित्ता शेयर छ। सबै शेयर खरिद पश्चात बीपीसीको हिमाल पावरमा एक करोड ७६ लाख ४१ हजार २८९ कित्ता शेयर कायम हुने भएको छ। यसैगरी काबेली इनर्जीमा रहेको कम्पनीको सबै शेयरहरु अरुण काबेली पावरलाई बिक्री गर्ने र सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई
अख्तियारी प्रदान सभाले गरेको छ।
खिम्ती आयोजनाको सबै शेयर बुटबल पावरले किन्यो, नर्वेजियन कम्पनी नेपालबाट बाहिरियो
काबेली इनर्जीको चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको छ। काबेलीमा बीपीसीको १९ लाख १४ हजार ६३५ कित्ता शेयर छ। त्यसैगरी, सहायक कम्पनी गुराँश इनर्जीको ५० लाख ८१ हजार १४७ कित्ता शेयर रहेको बीपीसीले जनाएको छ। उक्त शेयरहरु अरुण काबेली पावरलाई बिक्री गर्न लागिएको बीपीसीले जनाएको छ।
हालसम्म बीपीसीले काबेली इनर्जीमा ४८ करोड रूपैयाँ शेयरबापत अग्रिम भुक्तानी गरेको छ। सो अग्रिम भुक्तानी वापतको रकम फिर्ता लिने गरी बीपीसीले काबेलीमा रहेको सबै शेयर अरुण काबेली पावरलाई बिक्री गर्ने भएको छ। नर्वेजियन कम्पनी अन्तत ६० मेगावाटको खिम्ती प्रथम आयोजनाबाट बाहिरिने भएको छ। खिम्ती आयोजना सञ्चालन गरिरहेको हिमाल पावरमा रहेको आफ्नो सबै स्वामित्व बीपीसीलाई बिक्री गरेर स्टाटक्राफ्ट होल्डिङ सिंगापुर प्रालि र इभिनी एएस नर्वेले हिमाल पावरबाट बाहिरिएको हो।
हिमाल पावरमा बीपीसीको १७ प्रतिशत शेयर रहेको छ। नर्वेजियन कम्पनीको बाँकी रहेको ८३ प्रतिशत शेयर बीपीसीले किनेर पूरै स्वामित्व आफूमा लिएको छ।


