काठमाडौँ: एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेका आठवटा कम्पनीको कुल १६ लाख ७७ हजारभन्दा बढी शेयर बिक्री गर्ने निर्णय गरेको छ।
मंसिर ३ मा बसेको सञ्चालक समितिको बैठकले यो शेयर बिक्री प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो। कम्पनीले कुमारी बैंकको पाँच लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तको एक लाख सात हजार ४८४, नेरुडे मिर्मिरे लुघिवत्तको ७४ हजार १०६ कित्ता बिक्री गर्न लागेको हो।
यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण र संस्थापक शेयर गरी एक लाख ६ हजार ४२४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँच लाख ९४ हजार, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ४० हजार एक, नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडको दुई लाख २५ हजार र नेसनल लाइफ इन्स्योरेन्सको (साधारण शेयर) एक कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ।


