काठमाडौँ: श्रीनगर एग्रिटेक इन्डस्ट्रीज लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ।
शुक्रबार (आज) नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीको शेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ।
प्रकाशित: २०८२ मङ्सिर ५ गते शुक्रबार ०१:५४