काठमाडौँ: विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सेवालाई थप सहज, सुरक्षित र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ।
सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब यूएईमा रहेका नेपालीहरूले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिटमार्फत पठाएको रकम नेपालमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअनुसार यूएईमा रहेका नेपालीहरूले यूएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरी पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिनेछ।







