२०८३ कार्तिक २४ गते सोमबार

१० वाणिज्य बैंकले घोषणा गरे लाभांश, एभरेष्टको सबैभन्दा बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ८
dividetn

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाहरुले अहिले धमाधम शेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन्। गत वर्षसम्म बोनस शेयरलाई जोड दिएका बैंक तथा वित्तीय संस्थाहरूले यसपालि भने नगद लाभांश वितरण गर्न थालेका छन्।

आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २० वटा वाणिज्य बैंकमध्ये हालसम्म एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, स्टान्डर्ड चाटर्ड बैंक र सानिमा बैंकले लाभांश घोषणा गरेका हुन्। कतिपय बैंकहरुले लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीको साधारणसभा हुन बाँकी छ।

सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंकको सूचीमा एभरेष्ट बैंक रहेको छ भने कुमारी बैंकले यो वर्ष शेयर धनीलाई लाभांश नदिने भएको छ। हालसम्म १० बैंकले लाभांश घोषणा गरिसकेका छन् भने बाँकी ९ बैंकले अझै लाभांश घोषणा गर्न बाँकी छ। आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सार्वजनिक कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बाँकी बैंकलाई अझैँ करिब दुई महिनाको समय रहेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०८१/०८२ को सञ्चित नाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ।

उक्त लाभांश बैंकको वार्षिक साधारण सभाबाट पारित भइसकेको छ। यसका साथै २० प्रतिशत लाभांश दिएपछि हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले १० प्रतिशत लाभांश दिने भएको छ। बैंकको शुक्रबार साँझ (मंसिर ५ गते) बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको घोषणा गरेको हो।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। बैंकको २०८१/८२ को मुनाफाबाट सञ्चालक समितिको प्रस्तावअनुसार घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ। लाभांश पारित गर्न बैंकले मंसिर १२ गते शुक्रबार अनुपम फुडल्यान्ड काठमाडौंमा १९ औँ वार्षिक साधारणसभा बोलाएको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक गत आर्थिक वर्ष २०८१/८२ का लागि ८ प्रतिशत लाभांश वितरण गरेको छ। लाभांश घोषणा गर्ने सबैभन्दा पहिलो वाणिज्य बैंक पनि माछापुच्छ्रे बैंकको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको वार्षिक साधारणसभाबाट यो लाभांश पारित भैसकेको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले शेयरधनीका लागि १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट ५ प्रतिशत बोनस शेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैंकको वार्षिक साधारणसभाबाट पनि यो लाभांश पारित भैसकेको छ।

सानिमा बैंक
सानिमा बैंकले शेयरधनीका लागि ७.३६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो लाभांश करसहित हो। बैंकले यसपाली बोनस शेयर नदिने भएको छ। बैंकको बार्षिक साधारणसभाबाट पनि यो लाभांश पारित भैसकेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीका लागि १९ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले शेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रतिकित्ता १९ रुपैयाँका दरले शेयरधनीले लाभांश पाउने छन्। लाभांश पारित गर्न बैंकले मंसिर २९ गते साधारण सभा डाकेको छ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले शेयरधनीका लागि ८ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले बोनस शेयर दिएको छैन। बैंकको वार्षिक साधारणसभाबाट पनि यो लाभांश पारित भैसकेको छ।

कृषि विकास बैंक
सरकार स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

लाभांश पारित गर्न बैंकले मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ।

प्रकाशित: २०८२ मङ्सिर ८ गते सोमबार ०२:०२
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना