काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १०.४३ अंकले बढेर २ हजार ६७६.०३ विन्दुमा बन्द भएको हो।
यसदिन १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। साथै, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, सागर डिष्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज पनि सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। कम्पनीको मात्र ४० करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। बुधबार पनि यो कम्पनीको बढी कारोबार भएको थियो।


