काठमाडौँ: धितोपत्र बोर्डबाट भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ)को लागि अनुमति प्राप्त गरेको छ।
नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो।
बोर्डले दिएको स्वीकृतिअनुसार कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ। आईपीओ बिक्री व्यवस्थापकको रूपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।


