काठमाडौँ: नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने भएको छ। राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको ती नोट छाप्न लागेको हो।
शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले एक हजार दरका ४३ करोड थान नोट छाप्न बेइजिङस्थित ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’लाई ठेक्का दिनेगरी आशय पत्र जारी गरेको हो।
जारी सूचनाअनुसार प्रस्तावित नोटको डिजाइनसहित छपाइको जिम्मा उक्त कम्पनीलाई दिनेगरी आशय पत्र जारी गरिएको हो। बैंक नोटको डिजाइनसहित छपाइका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको छ।


