काठमाडौँ: नेपाल राष्ट्र बैंकले कर्जा विस्तार गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (व्यक्तिगत ओभर ड्राफ्ट) को सीमा दोब्बर गरिएको छ।
यसअघि ओभरड्राफ्टको अधिकतम सीमा ५० लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर एक करोड रुपैयाँ पुर्याइएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमाशिक समीक्षा गर्दै कर्जा ओभरड्राफ्टको सीमा बढाएको हो। ओभर ड्राफ्टको सीमाले कर्जा विस्तार हुने विश्वास केन्द्रीय बैंकको छ।
यसैगरी लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा दोब्बर बढेको छ। हाल कायम रहेको ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।
लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई सम्बोधन गर्न केन्द्रीय बैंकले तालिका परिमार्जन गर्न सकिने व्यवस्था गर्ने भएको छ।
कर्जा विस्तार सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ। झण्डै १० खर्ब रुपैयाँ अधिक तरलता रहेको छ।


