काठमाडौँ: साताको अन्तिम कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २ हजार ६३१.१७ विन्दुमा बन्द भएको हो। भोली सार्वजनिक विदा भएकाले आज कारेबारको अन्तिम दिन हो।
आज १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, सागर डिष्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार बन्दिपुर केबलकारको भएको छ। कम्पनीको मात्र १८ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


