काठमाडौँ: नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति पाएको छ। बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओ जारी गर्न अनुमति दिएको हो।
कम्पनीले अब २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्काशन गर्नेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।


