२०८३ कार्तिक २४ गते सोमबार

राष्ट्र बैंकले कहिलेदेखि खुलाउँदैछ २०० र ५०० भारु नोट सहटी?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, मङ्सिर २४
irb

काठमाडौँ: भारतीय केन्द्रीय बैंक (आरबीआई) ले नेपाल र भुटानमा २५ हजार भारुसम्मका सयभन्दा ठूला दरका नोट ओसारपसार गर्न हालै अनुमति दिएको छ। भारतको यो निर्णयसँगै नेपालमा पनि २०० र ५०० भारु दरका ठूला नोट सटही गर्न बाटो खुलेको छ। तर, भारु सटही खुलाउन नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्ने हुन्छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आरबीआईको निर्णयसँगै ठूला दरका भारु नोट सटहीका लागि बाटो खुलेको भए पनि यसको औपचारिक कार्यान्वयनका लागि परिपत्र जारी गर्न आवश्यक भएको बताउँछन्। उनले नेपाल क्लिक्ससँग भने, ‘भारतले अनुमति दिएको छ, तर नेपालमा लागू गर्न राष्ट्र बैंकको निर्देशन आवश्यक हुन्छ। त्यसैले हामीले यसबारे छिट्टै आवश्यक परिपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छौँ।’

प्रवक्ता पौडेलका अनुसार नयाँ व्यवस्थाले विशेषगरी भारतबाट नेपाल आउने पर्यटक, विद्यार्थी, कामदार तथा व्यवसायीलाई राहत हुनेछ। यस्तै, नेपालबाट भारत जाने नेपालीलाई पनि सुविधा हुने भएको छ। ‘पहिला २०० वा ५०० दरका नोट बोक्नु नै गैरकानुनी थियो। अब यी दरका २५ हजारसम्म भारु नोट बोक्दा कानुनी समस्या हुँदैन। तर, त्यो केवल यात्रा प्रयोजन र राष्ट्र बैंकले अनुमति दिएका सटही केन्द्रका लागि मात्र मान्य हुनेछ,’ पौडलले भने।

भारतले विदेशी मुद्रा (आयात–निर्यात) विनियमावली, २०१५ संशोधन गर्दै नागरिकले २५ हजार भारुसम्मका नोट दुवै देश ल्याउन र लैजान पाउने व्यवस्था गरेको हो। यसले लामो समयदेखि भारु सटहीमा अड्किएको समस्या समाधानतर्फ अघि बढको छ।

नेपालमा हाल सय दरका भारु नोट मात्र चलनचल्तीमा रहेका छन्। भारतले सन् २०१६ नोटबन्दी जारी गर्दै ५०० सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि ती नोट नेपालमा फसेका थिए। त्यसबेलादेखि नै नेपालले ती नोट सटहीका लागि विभिन्न च्यानलहरुबाट बारम्बार आग्रह गरेको थियो। तर, भारतले भारु साटेको थिएन। राष्ट्र बैंकमा जम्मा भएका ५०० र हजार दरका भारु नोट अझै पनि सटही हुन सकेका छैनन्।
राष्ट्र बैंकका भल्टमा पाँच सय र एक हजार दरका ८ करोड १० हजार भारु छन्।

भारतमा अहिले २००० दरका नोटसम्म चलनचल्तिमा छ। २०२३ देखि आरबीआईले २००० दरका नयाँ नोट छाप्न छाडेको छ। त्यसैले अहिले १०० दरभन्दा माथिको अधिकतम २०० र ५०० दरका नोट चलनचल्तीमा छन्।

नयाँ व्यवस्था लागू भएपछि नेपाली नागरिकले भारत जाँदा वा आउने क्रममा २००, ५०० दरका भारु नोट साथमा राख्न पाउनेछन्। यस्ता नोट बैंक तथा वित्तीय संस्थामा गएर साट्न सकिनेछ। तर, ती नोट नेपालमा बजारमा स्वतन्त्र रूपमा चलनचल्ती गर्न भने पाइने छैन।

नयाँ नियमसँगै २०१६ पछि रोकिएका ठूला भारु नोट सटही हुने अपेक्षा पनि बढेको छ। सरकार र राष्ट्र बैंकले यस विषयलाई उठाउँदै आएका छन्। भारतीय पक्षले बारम्बार आश्वासन दिए पनि कार्यान्वयनमा कुनै प्रगति भएको छैन्।

नेपालमा भारु नोटको सटही नहुँदा राष्ट्र बैंकका भल्टमा ठूलो मात्रामा भारतीय नोट अड्किएका छन्। यसले बैंकिङ प्रणालीका लागि पनि व्यवस्थापकीय चुनौती सिर्जना गरेको छ। यसको समाधानका लागि नेपालले वर्षौँदेखि प्रयास जारी राखेको थियो। आरबीआईको पछिल्लो निर्णयले त्यो प्रयासले दिशानिर्देश पाएको देखिन्छ।

प्रवक्ता पौडेलले भने, ‘नयाँ व्यवस्थाले पुराना नोट पनि सटिह हुने सम्भावना बढाएको छ। हामीले पनि त्यसका लागि आवश्यक कागजी प्रक्रिया जारी राखिरहेका छौँ।’

नयाँ नियम लागू भएपछि नेपाली नागरिकले यात्रा गर्दा भारु नोट बोक्न सहज हुनेछन्। भारतमा भएका नेपाली विद्यार्थी, कामदार तथा व्यापारिक व्यक्तिले पनि भारु नोटसँग सम्बन्धित कठिनाइ कम अनुभव गर्नेछन्। यसले दुवै देशका नागरिकलाई पारस्परिक व्यापार र यात्रा सुगम बनाउने अपेक्षा गरिएको छ।

तर प्रवक्ता पौडेलले सावधानी पनि अपनाउन आग्रह गरेका छन्। उनले भने, ‘भारतले पछिल्ला वर्षहरूमा पटकपटक नोटबन्दी गरेको अनुभव छ। त्यसैले नेपाली नागरिकले अनावश्यक रूपमा ठूलो मात्रा भारु सञ्चय नगर्नु बुद्धिमानी हुनेछ।’

नयाँ व्यवस्था कार्यान्वयन भएपछि ठूला भारु नोट सटहीका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्नेछ। त्यसपछि बैंक तथा वित्तीय संस्थामार्फत नोट सटही प्रक्रिया सुरु हुनेछ। यसबाट नेपालमा रोकिएका पुराना ५ सय र हजार दरका नोट पनि क्रमशः सटहिहुन सक्ने सम्भावना रहेको छ।

भारतीय निर्णयले नेपाल–भारत आर्थिक सम्बन्धमा सकारात्मक संकेत दिएको छ। दुवै देशका नागरिकको यात्रा, व्यापार र रोजगारीमा सुविधा पुग्ने अपेक्षा गरिएको छ। लामो समयसम्म अड्किएको भारु सटहीको विषयले अन्ततः समाधानतर्फ यात्रा गर्न थालेको देखिन्छ। अब राष्ट्र बैंकले छिट्टै आवश्यक परिपत्र जारी गरेर नयाँ व्यवस्था लागू गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २४ गते बुधबार ०६:११
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना