काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक १.६६ अंकले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो।
आज ७७ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। कम्पनीको मात्र १८ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।


