२०८३ कार्तिक २४ गते सोमबार

बैंकका कर्मचारीमाथि भएको आक्रमणमा संलग्न सबैलाई कारबाही हुन्छः राष्ट्र बैंक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
nrb_head

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र कार्यरत कर्मचारीमाथि हुने गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।
पछिल्लो समय विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढ्न थालेपछि केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाको रूपमा प्रवाह गर्ने भएकाले ऋण नउठे निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकिने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने र तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ।’

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकेको अवस्थामा राष्ट्र बैंकले समय–समयमा कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा दिँदै आएको स्मरण गराउँदै बैंकले समस्या भए कानुनी बाटो खोज्न आग्रह गरेको छ।
बैंकिङ कारोबारमा चित्त नबुझे सम्बन्धित संस्था वा राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

वित्तीय संस्था र कर्मचारीविरुद्धका उच्छृङ्खल गतिविधि नरोकिए वित्तीय साधन परिचालनमा कठिनाइ हुने र सर्वसाधारणको वित्तीय सेवा पाउने अधिकार नै प्रभावित हुने राष्ट्र बैंकको ठहर छ।

राष्ट्र बैंकले अराजक गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई भने उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरेको छ।

ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति चार बैंकिङ तथा वित्तीय संस्थाका संघहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त रूपमा घोर भर्त्सना गरेका थिए।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ति जारी गर्दै कर्जा असुलीको क्रममा भएको आक्रमणलाई ‘अमानवीय र आपराधिक’ कार्यको संज्ञा दिएका हुन्।

विज्ञप्तिका अनुसार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको सदस्य संस्था ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ का सञ्चालकहरूले बैंकका कर्मचारीमाथि आक्रमण गरेका हुन्।

गत मंसिर २४ गते कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भनी बैंकको बर्दिबास क्षेत्रीय कार्यालयका कर्मचारीहरूलाई बोलाइएको थियो। सो क्रममा एग्रो फर्मका सञ्चालक तथा उनका सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार तथा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त विज्ञप्तिमा बैंकिङ क्षेत्रका अगुवाहरूले स्थानीय प्रहरी प्रशासनको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

घटना घटेकै दिन सम्बन्धित निकायमा जानकारी गराउँदा पनि तत्काल सम्बोधन नभएको र विज्ञप्ति जारी गर्दासम्म पनि जाहेरी दर्ता नभएको भन्दै संघहरूले यसलाई ‘अत्यन्त खेदनीय’ र सुरक्षा निकायको ‘गम्भीर कमजोरी’ बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्नेमा, सूचना प्राप्त हुनासाथ अनुसन्धान अगाडि बढाउनुपर्नेमा जाहेरी दर्ता नहुनु दुखद् छ।’

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताको बचत सुरक्षित गर्न र कर्जा असुली गर्न नियमित प्रक्रिया अपनाउँदा यस्ता अराजक गतिविधि हुनुले बैंकिङ सेवा प्रवाहमा चुनौती थपेको संघहरूको निष्कर्ष छ। ‘कानुनी प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिई कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको आक्रमणले समग्र बैंकिङ क्षेत्रलाई निरुत्साहित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ।

चारवटै संगठनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन र कर्मचारीहरूको मनोबल उच्च राख्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

साथै, उनीहरूले यस्ता घटनाको सूचना प्राप्त हुनासाथ जाहेरी नआए पनि स्वतः अनुसन्धान अघि बढाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार ०५:१८
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना