२०८३ कार्तिक २१ गते शुक्रबार

२२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय आयोजना निर्माण गर्न माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
chiwon

चितवन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी वहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताएका छन्।

चितवन उद्योग वाणिज्य संघले शनिबार नारायणघाटमा गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले धार्मिक रुपमा महत्वपूर्ण मानिने देवघाट क्षेत्रलाई नडुबाउने गरी सप्तगण्डकी जलविद्युत आयोजना बनाएर त्यसभन्दा माथिल्लो तटीय क्षेत्रमा बन्ने बूढीगण्डकी, तनहुँ जस्ता जलाशययुक्त आयोजनाको लाभ लिनु पर्नेमा जोड दिए।

‘नदीबाट हुने कटान तथा डुवान दीर्घकालीन रुपमा नियन्त्रणका लागि माथिल्लो तटीय क्षेत्रमा जलाशययुक्त आयोजना निर्माण गरी एकीकृत नदी बेसिन व्यवस्थापन योजना अगाडि बढाउनु पर्छ, नारायणी नदीका सहायक नदीहरु सेती, बूढीगण्डकी कालीगण्डकीमा बन्ने जलाशययुक्त आयोजनामा वर्षायामको पानी जम्मा गर्ने र हिउँदमा नियन्त्रित पानी पाउने हुँदा बाढी नियन्त्रण गर्ने, कृषि, जलयातायातमार्फत लाभ लिन सकिन्छ’ घिसिङले भने।

‘सप्तगण्डकी आयोजनाको पहिचाहन धैरै पहिले भएको थियो, बाँधको उचाइ केही घटाएर देवघाट क्षेत्रलाई नडुब्ने तथा अझै सुन्दर बनाउने गरी आयोजनाको विकास गर्न सक्छौं, उक्त आयोजना निर्माण गर्न सकिएमा वहुउद्देश्यीय लाभ लिन प्राप्त हुन्छ, यसो गर्न सकिएमा यस क्षेत्रको विकासमा अर्को माइलस्टोन हुनेछ।’

चितवन, तनहुँ र नवलपरासीको सीमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी वहुउद्देश्यीय जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहायतामा सन् १९८५ मा गरिएको थियो।

आयोजनाको बाँध त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटभन्दा करिब एक किलोमिटर तल बन्ने छ। अध्ययनबाट धार्मिक महत्वको देवघाटधाम डुब्ने देखिएको थियो।

तर, तर बाँधको उचाइ घटाएर धाममा पुग्ने क्षतिलाई न्यूनिकरण गरी आयोजना अगाडि बढाउन सकिने घिसिङले उल्लेख गरे। देवघाटमा जलाशय बनाएर विद्युत् उत्पादन र पानीबाट चितवन र नवलपरासीमा सयौं हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिनेछ।

विश्वका कयौं मुलुकले कुनै एउटा क्षेत्रलाई नमुना शहरको रुपमा विकास गरी त्यसको अनुशरण अन्य ठाउँमा गरेको उदाहरण दिंदै मन्त्री घिसिङले प्रचुर सम्भावना बोकेको भरतपुरलाई आधुनिक शहरको रुपमा विकास गरेर जानुपर्ने बताए।

उनले भरतपुर, बुटवल र पोखरालाई हरित त्रिभुज आर्थिक क्षेत्रको रुपमा विकास गर्न विद्युत प्रसारण तथा वितरण लाइन सुधार एवम् विस्तारमा ठूलो लगानी हुन लागेको जानकारी दिए।

संघकातर्फबाट देवघाट क्षेत्रका धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने, चितवनमा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चित गरिनु पर्ने, नदी कटान रोक्न तटबन्द निर्माण गरिनु पर्ने, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण छिट्टो अगाडि बढाउनु पर्नेलगायतका माग राखिएको थियो।

प्रकाशित: २०८२ पुस ५ गते शनिवार ०२:२६
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना