काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) सामान्य अंकले बढेको छ। आज परिसूचक नेप्से ३.२७ अंकले बढेर २ हजार ५८४ विन्दुमा बन्द भएको हो ।
यस दिन १३४ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ। आज ७६ लाख ६८ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४२ करोडको कारोबार भएको छ।
कारोबार र मूल्य वृद्धिका हिसाबले एसवाई प्यानल अगाडि देखिएको छ। उक्त कम्पनीको मात्र ३० करोड भन्दा बढीको कारोबार भएको छ।


