काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ। आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ। चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
दुवै धातुको मूल्य हालसम्मको उच्च हो। मंगलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ चाँदी चार हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।
सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय रुपैयाँ पुग्यो भने चाँदी चार हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो।
छिमेकी चीनले गत साता सुनको सञ्चिती बढाएपछि यसको असर विश्व बजारमा परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। नेपाल क्लिक्ससँग कुरा गर्दै उनले भने “गत साता चीनले एक अर्ब डलर बराबरको सुन खरिद गरेका कारण यसको असर बजारमा देखिएको हो।”
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्। अन्तरर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४४ सय ९७ र त्यति नै परिमाणको चाँदी ७३ डलरमा खरिदबिक्री भइरहेको शाक्यले जानकारी दिए।


