काठमाडौं। एनआईसी एशिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल निर्वाचित भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुनेगरी अग्रवाललाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्षमा चयन भएपछि अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।व्यसायी अग्रवालसँग बैंक, बिमा तथा कर्पोरेट क्षेत्रको अनुभव छ।


