काठमाडौँः सालपा विकास बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले पुस १६ गतेदेखि आम सर्वसाधारणलाई १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो।
आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहेको छ भने यसको कार्यक्षेत्र खोटाङ जिल्ला नै हो।


