काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक नेप्से १०.२९ अंकले घटेर २ हजार ६१० विन्दुमा बन्द भएको हो ।
यस दिन १ करोड २ लाख कित्ता खरिद बिक्री हुँदा ५ अर्बको कारोबार भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानल कम्पनीको कारोबार उच्च रहेको छ । उक्त कम्पनीको मात्र ३० करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।


