काठमाडौँ: नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ।
बोर्डले होटल फरेस्ट इनलाई ४० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। योसँगै अब होटलले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नेछ।
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको लगानी रहेको यो होटलले २०८० कात्तिक १५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डबाट निवेदन दिएको थियो। निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आईपीओ अनुमति पाएको हो।
होटल फरेस्ट इनको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।


