२०८३ कार्तिक २४ गते सोमबार

अमेरिकाको भिषा आबेदन गर्दा अब नेपालीले पनि ७ लाख देखि २१ लाखसम्म धरौटी तिर्नुपर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
USA-visa-application-from-Nepal

काठमाडौँ, अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ। आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर (७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ) सम्म शुल्क तिर्नुपर्ने ब्यबस्था गरिएको अमेरिकी  विदेश मन्त्रालयको वेबसाइटमा यसको उल्लेख गरिएको छ।

विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटीको रकम तय गर्नेछन् । धरौटी भुक्तानी गर्नका लागि यात्रीहरूले निर्देशन पाएपछि मात्र फारम आई–३५२ भर्नुपर्नेछ र त्यसपछि पे डट् गोभमा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ।

यो आवश्यकता पूरा गर्दैमा बी–१/बी–२ भिसा स्वीकृत भएको मानिने छैन र कन्सुलरको निर्देशनबिना जम्मा गरिएको रकम फिर्ता हुने छैन । यी शुल्कहरू अमेरिकाको विदेश मन्त्रालयको भिसा बोन्ड पाइलट प्रोग्रामका हिस्सा हुन् । यो ५ अगस्ट २०२६ सम्मका लागि लागू गरिएको अस्थायी पहल हो।

भिसा प्राप्त गरिसकेपछि यात्रीहरूले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन्। अमेरिकाको विदेश मन्त्रालयको सूचना अनुसार, अन्य स्थानबाट आगमन भएमा प्रवेशमा रोक लगाइने वा प्रस्थानको रेकर्ड गलत तरिकाले राखिने हुन सक्छ।

नेपाल सहितका देशका यात्रीहरूले धरौटी तिर्नुपर्ने कुराको पूर्वानुमान गर्नुपर्ने र आफ्नो भिसाका शर्तहरूबारे जानकारी राख्नुपर्ने आप्रवास वकिलहरू बताउँछन्। उनीहरूका अनुसार, आफ्नो आगमन र प्रस्थानको मितिमा ध्यान दिनुपर्छ। अमेरिका छोड्नका लागि अन्तिम दिनसम्म पर्खनुहुँदैन किनकि उडानमा हुने कुनै पनि ढिलाइ वा रद्दले बसाइ अवधि लम्बिन सक्छ । त्यसपछि तपाईंको धरौटी रकम जोखिममा पर्न सक्छ।

नेपालसहित यी देशहरूले भिसाका लागि अतिरिक्त शुल्क अर्थात धरौटी तिर्नुपर्ने छ। अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे।

भिसा धरौटीका शर्तहरू
धरौटी फारम (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ इमिग्रेशन्स बोन्ड) र ट्राभल डट् स्टेट डट् गोभमा तोकिएका छन्।

यस्तो परिस्थितिहरूमा धरौटी रद्द गरिनेछ र रकम स्वतः फिर्ता गरिनेछः

-डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भिसावाहकलाई अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मिति वा सोभन्दा अगाडि नै अमेरिकाबाट प्रस्थान गरेको रेकर्ड राखेमा, वा भिसावाहकले भिसाको म्याद समाप्त हुनुभन्दा अगाडि अमेरिकाको यात्रा नगरेमा, वा भिसावाहकले अमेरिकाको प्रवेश विन्दुमा प्रवेशका लागि आवेदन दिँदा प्रवेश अस्वीकार गरिएमा।

-भिसावाहकले भिसा धरौटीका शर्तहरू उल्लंघन गरेको हुन सक्ने मुद्दाहरूलाई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यूएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेजमा पठाउनेछ।

शर्तहरूको उल्लंघन भएको हो वा होइन भन्ने कुरा निर्धारण गर्नका लागि यसो गरिन्छ । यसमा निम्न परिस्थितिहरू समावेश छन् तर यी मात्र पर्याप्त भने होइनन्:

-डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको रेकर्डले भिसावाहकले अमेरिकामा बस्न अनुमति दिइएको मिति समाप्त भएपछि मात्र अमेरिका छोडेको देखाएमा।

-भिसावाहक अनुमति दिइएको अवधिभन्दा बढी समय अमेरिकामै बसेमा र देश नछोडेमा । भिसावाहकले शरण दाबी गर्ने लगायतका अन्य गैर–आप्रवासी स्थिति परिवर्तन गर्न निवेदन दिएमा।

प्रकाशित: २०८२ पुस २३ गते बुधबार ०४:०१
प्रतिक्रिया

थप समाचार

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना